पर्साः छठमा दूध र गोबरको अभाव
वस्तुभाउ पालनमा कमी भएपछि पर्साका ग्रामिण भेगमा छठका लागि दूध र गोबरको अभाव भएको छ ।
चार दिनसम्म चल्ने छठ ब्रतको आज दोस्रो दिन राति पूजाका लागि बनाइने रसियाउ, रोटी र लिपपोत गर्न आवश्यक दूध र गोबरको अभाव भएको स्थानीयले बताएका छन् ।
एक जना ब्रतालुका लागि कम्तीमा दुई लिटर दूधको आवश्यकता पर्छ । पहिले घरघरै गाई भैंसी पालिंदा गोबरको कुनै कमी थिएन,” जीराभवानी गाउँपालिका–५ शंकरसरैयाका जटाशंकर यादव भन्छन, “अहिले कि त टाढा व्यवसायिक फर्मसम्म पुग्नु पर्यो, नभए घरघरै गाईभैंसी पाल्दैनन् ।”
गाई–भैंसी पालेका घरमा बिहानैदेखि मानिसहरुको भिड लाग्ने गरेको छ । सोही गाउँपालिका सेढवाका रामराज दास थारुले भने, “दूध सिमित भएका कारण थोरैले मात्र पाएका छन्, बाँकी दूध खोज्दै पर्साको सुवर्णपुरस्थित दूध चिस्यान केन्द्र र बिजयवस्तीमा रहेको साइने दूध उत्पादक संस्थासम्म पुगेका छन्, त्यहाँ पनि चाहे जति पाइँदैन ।”
छठ ब्रत शुरु भएपछि दैनिक बिहान बेलुका घर–आँगन गोबरले लिपपोत गर्ने चलन छ ।