एनआरएनएका नवनिर्वाचित पदाधिकारीलाई ब्रिटिश कलेजको सम्मान
गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित पदाधिकारीहरुलाई द ब्रिटिश कलेज काठमाडौंले सम्मान गरेको छ ।
कलेजमा आयोजित समारोहमा एनआरएनएका नवनिर्वाचित अध्यक्ष भवन भट्ट सहितको टोलीलाई कलेजका निर्देशकद्वय महेन्द्र कंडेल र नरेन्द्र कंडेलले सम्मान गरेका हुन् ।
सम्मान ग्रहण गर्दै अध्यक्ष भट्टले बेलायती गुणस्तरको उच्च शिक्षा नेपालमै सञ्चालन गरेकोमा कलेजको प्रशंसा गरेका थिए ।