हिमस्टारको नयाँ एलईडी बल्ब
गोल्छा अर्गनाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्सले नयाँ एलईडी बल्ब सार्वजनिक गरेको छ ।
नयाँ एलईडी बल्ब १०० लुमेन्स पर वाट सहितको विशेषतामा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यी बल्बहरुले बिजुलीको खपत गर्ने कम्पनीको दाबी छ ।
हिमस्टारको ८ वाटको एलईडी बल्बको मूल्य १५० तोकिएको कम्पनीले जनाएको छ । यो बल्बमा ३ वर्षको वारेन्टी समेत रहेको छ ।
हिमस्टारले ३ देखि १५ वाटका बल्ब, ०.५ वाटको रङ्गिन बल्ब, ट्युबलाइट्स रिसेस्ड, सर्फेस माउन्ट डाउनलाईट, प्यानल लाईट लगायतका लाइट तथा बल्बहरु विक्री गर्दै आइरहेको छ ।