अध्यक्ष थापासहित राप्रपाका पाँच क्षेत्रमा उम्मेदवार तय
राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाको दोस्रो चरणका लागि अध्यक्ष कमल थापासहित पाँच निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ ।
मकवानपुर–२ मा राप्रपा अध्यक्ष थापा, पर्सा–२ मा उपाध्यक्ष राजीव पराजुली, झापा–३ मा महामन्त्री राजेन्द्र लिङ्देन, दैलेख-१ मा कुन्तीकुमारी शाही र काठमाडौँ–७ मा विक्रम थापाले प्रत्यक्षतर्फको उम्मेदवारी दिने राप्रपाले जनाएको छ ।
२१ मंसिरमा हुने निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनले सो पार्टीलाई सात स्थान दिन तयार भएको र बाँकी दुई स्थानका लागि र उम्मेदवारको छनोट हुन बाँकी रहेको प्रवक्ता भुवन पाठकले बताए ।
प्रदेश सभा निर्वाचनका लागि सोही गठबन्धनबाट राप्रपाले हालसम्म धादिङ (ख) बाट सोनाम तामाङ, बैतडी (ख) बाट गणेश चन्द, म्याग्दी (क) बाट भीमप्रसाद गौचनलाई उम्मेदवारका रूपमा तय गरेको जनाइएको छ । रासस