बाजागाजा सहित उम्मेदवारको मनोनयन दर्ता
पहिलो चरणअन्तरगत १० मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बाजागाजा सहित निर्वाचन अधिकृतको कार्यालय पुगेका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् ।
५ असोज बिहानैदेखि हिमाली तथा पहाडी जिल्लाका प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रका लागि उम्मेदवार दर्ता गर्न उम्मेदवारहरु जुलुससहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।
विशेष गरेर नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले) नेतृत्वको वाम गठबन्धनमा आबद्ध दलहरु संयुक्त रुपमै उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।
सबै जिल्लाहरुमा शान्तिपूर्ण रुपमा उम्मेदवारको मनोनयन दर्ता भइरहेको निर्वाचन आयोगले जनाएको छ ।