डोटीमा बस दुर्घटना, तीन यात्रुको मृत्यु
डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा २ कात्तिक बिहान बस दुर्घटना हुँदा तीन यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा बड्डीकेदार गाउँपालिका–४ का ३५ वर्षीया मीनादेवी पुनमगर, ४५ वर्षीय जगदीश चन्द र तीन वर्षीया पुष्पा जेठाराको मृत्यु भएको घटनास्थलमा रहेका ट्राफिक प्रहरी कृष्ण भण्डारीले बताए ।
डोटीको बर्छेनबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना.३ ख.५६४८ नंं.को बस दुर्घटना भएको हो । दुर्घटनामा १८ यात्रु घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको प्रहरीले जनाएको छ ।
डोटीको बिपीनगर र घाँगलबाट उद्धारका लागि प्रहरी घटनास्थलमा पुगेको प्रहरी निरीक्षक रणबहादुर विष्टले बताए । रासस