चिकित्सा शिक्षा विधेयक अध्यादेशमार्फत ल्याइने, डा केसीसँग आजै सहमति हुने सम्भवाना
सरकारले डा गोविन्द केसीको माग अनुसारको चिकित्सा शिक्षा विधेयक अध्यादेशमार्फत ल्याउने भएको छ ।
डा केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच आज भएको वार्तामा माथेमा आयोगको प्रतिवेदन अनुसारको चिकित्सा शिक्षा विधेयकमा डा केसीले भने अनुसारको केही संशोधनसमेत थपेर अध्यादेशमार्फत ल्याइने भएको हो ।
उक्त अध्यादेशलाई प्रतिनिधिसभाको निर्वाचनपछि बन्ने संसदले पारित गर्नुपर्ने छ । डा केसीका प्रतिनिधि डा अभिषेक सिंहका अनुसार अब बस्ने मन्त्रिपरिषद बैठकले उक्त विधेयक पारित गर्ने छ ।
डा केसीले राखेका अन्य मागमा पनि सहमति भएको छ । सहमतिलाई डा केसीले स्वीकार गरे आजै उनले अनशन तोड्नसक्ने सम्भावना छ ।