एनआरएनए अध्यक्षमा भवन भट्ट
गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट निर्वाचित भएका छन् ।
काठमाडौँमा सम्पन्न आठौं विश्व सम्मेलनबाट उनी अध्यक्ष चुनिएका हुन । भट्टले अध्यक्ष पदका अर्का प्रत्यासी जमुना घलेलाई भारी मत अन्तरले पराजित गरेका हुन ।
नवनिर्वाचित अध्यक्ष भट्टले ११९७ मत र घलेले ५८४ मत प्राप्त गरेका थिए । मतदानमा १८५४ मतदाता सहभागी थिए ।
यस्तै, एनआरएनको खुला दुई उपाध्यक्षमा कुमारप्रसाद पन्त र कुल आचार्य, महिला उपाध्यक्षमा सपिला राजभण्डारी, महासचिवमा डा. बद्री केसी निर्वाचित भए ।
दुई सचिवमा डबरबहादुर (डिबी) क्षेत्री र जानकी गुरुङ, कोषध्यक्षमा हिक्मतबहादुर थापा र सह–कोषाध्यक्षमा सोमनाथ सापकोटा विजयी भएका छन् ।
एनआरएनएको विभिन्न ७७ देशमा शाखा स्थापना भएको छ ।