रौतहटमा फेरि बालिकाको डुबेर मृत्यु
रौतहटमा एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
शुक्रबार, २७ असोज दिउँसो पोखरीमा नुहाउन गएकी १० वर्षीया बालिकाको डुबेर मृत्यु भएको हो ।
गढीमाई नगरपालिका–३ गम्हरिया टोलका राम सेवक पटेलकी १० वर्षीया छोरी काजल पटेलको गढीमाई–४ पर्सा गाउँ नजिक रहेको पोखरीमा नुहाउन गएका बेला घटना भएको हो ।
रौतहटमा पोखरीमा डुबेर लगातार बालिकाको मृत्यु भइरहेको छ । गत हप्ता पनि दुर्गा भगवती गाउँपालिकामा दुई र यमुना माई गाउँ पालिकामा एक बालिका गरी तीनजनाको मृत्यु भएको थियो ।
सञ्जय मित्र, रौतहट