प्रदेश प्रमुखको सुविधासम्बन्धी विधेयक पारित
व्यवस्थापिका–संसद्को आजको बैठकले ‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक, २०७४’ पारित गरेको छ ।
प्रधानमन्त्रीका तर्फबाट ‘कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले विधेयक पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
विधेयकमा सांसद डिल्लीप्रसाद काफ्ले र मीना पुनले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।
त्यस्तै आजको बैठकले ‘भाषा आयोग विधेयक, २०७४’लाई पनि सर्वसम्मतिले पारित गरेको छ ।
संसद्को बिदाई बैठक २८ असोज अपराह्न ३ बजे बस्नेछ । ‘विजनेश’ विनाको भोलिको बैठकमा प्रमुख दलका शीर्ष नेता र सभामुखले सम्बोधन गर्नेछन् ।