माटोरहित 'पट फ्लावरको' कारोबार शुरु
ललितपुरको जावलाखेल मैदानमा जारी पुष्प मेलामा माटोरहित पट फ्लावरको कारोबार शुरु भएको छ ।
अवलोकनकर्ताको मुख्य आकर्षण बनेको बागमति फ्लोराको स्टलमा गुलाब, कार्नेशन, हाइबिसकस, भर्बेना, पिटुनिया, इम्पपेसन्स लगायतका फूलहरु पट फ्लावरमा उपलब्ध छन् ।
बागमति फ्लोराले बजारमा ल्याएको पट फ्लावरमा माटोको सट्टा नरिवलको जट्टा प्रयोग गरिएको छ ।
अफिस, घरलगायत जुनसुकै स्थानमा पनि राख्न मिल्ने पट फ्लावर नेदरल्याण्डबाट आयात गरिएको बागमति फ्लोरा प्रालिका प्रबन्ध निर्देशक संजीव कार्कीले जानकारी दिए ।
उपहारमा विशेष प्रयोग गरिने पट फ्लावरको आकार र विरुवाअनुसार ५ सय देखि ५ हजार रुपैयाँसम्म पर्ने बागमति फ्लोराले जनाएको छ ।