नेपाललाई १९५ रनको लक्ष्य
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तरगत २७ असोजमा भइरहेको खेलमा हङकङले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको हङकहङले ५० ओभरमा सबै विकेट गुमाउँदै १९४ रन बनाएको छ । उसका लागि जेजे अंकितसनले ७६, तनविर अफजलले ३८ र हबर हायातले २९ रन बनाए ।
नेपालका लागि सञ्जीव लामिछानेले ३, करण केसी र बसन्त रेग्मीले दुई÷दुई तथा सुशन भारीले एक विकेट लिएका छन् ।