नेपालको ताजकिस्तानसँग दोस्रो हार, तीनै गोल पेनाल्टीमा
एसियन कप २०१९ छनौट अन्तर्गतको दोस्रो खेलमा पनि नेपाल ताजकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा छनौट हुन खेल जित्नै पर्ने दवावमा मैदानमा उत्रेको टीम नेपाल विरुद्ध ताजकिस्तानले तीन वटै गोल पेनाल्टीमार्फत गरेको हो ।
ताजकिस्तानको घरेलु मैदानमा २४ असोजमा नेपाल ३–० गोल अन्तरले पराजित भएको हो ।
समूह ‘एफ’ मा रहेको नेपाल तीन खेलबाट जम्मा एक अंक जोडेर अंकतालिकाको पुछारमा छ ।
टीम नेपालका प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले पहिलो पटक ३–४–३ को संरचनामा खेलाएका थिए ।