पुनः शुरु भयो डा. गोविन्द केसीको अनशन
चिकित्सा शिक्षा सुधारको माग गर्दै प्रा.डा. गोविन्द केसीले आजदेखि पुनः अनशन शुरु गरेका छन् ।
संसद्मा विचाराधिन चिकित्सा शिक्षा विधेयक माफियामुखी भएकोले उक्त विधेयक परिमार्जन सहित पास गर्नुपर्नेलगायतका माग राख्दै डा. केसीले अनशन शुरु गरेका हुन् ।
त्रिवि शिक्षण अस्पतालको हाताभित्र अनशन शुरु गरेका केसीले चार बुँदे माग राखेका छन् ।