प्रधानमन्त्री देउवाद्वारा कानून व्यवसायीसँग छलफल
प्रधानमन्त्री शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा कानून व्यवसायीसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले सत्तासाझेदार दलले प्रमुख प्रतिपक्षी दलसँग गठबन्धन र एकताको पहल गरेपछि सरकारको अवस्थाका बारेमा कानून व्यवसायीसँग छलफल गरेका हुन् ।
छलफलमा प्रधानमन्त्री देउवाले सरकारमाथि अविश्वासको प्रस्ताव आउँदा वा नआउँदाको अवस्थाको बारेमा जिज्ञासा राखेको अधिवक्ता यदुनाथ खनालले जानकारी दिए ।
कानून व्यवसायीहरुले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म सरकारमाथि अविस्वासको प्रस्ताव आउँदा कुनै फरक नपर्ने संवैधानिक र कानूनी व्यवस्थाका बारेमा अवगत गराएका थिए ।
छलफलमा नेपाल बार एसोसियसनका अध्यक्ष शेरबहादुर केसी, महासचिव खम्मबहादुर खाती, अधिवक्ता राधेश्याम अधिकारी, बद्रीबहादुर कार्की, सूर्य ढुंगेल, प्रेमबहादुर खड्कालगायतका कानून व्यवसायीहरु सहभागी थिए । रासस