कांग्रेसले बृहत लोकतान्त्रिक गठबन्धन बनाउने
नेपाली कांग्रेसले बृहत लोकतान्त्रिक गठबन्धन बनाउने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बालुवाटारमा बसेको बैठकले आगामी प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा लोकतान्त्रिक पार्टीहरुसँग तालमेल गरी अगाडि बढ्ने निर्णय गरेको हो ।
कांग्रेस नेता विमलेन्द्र निधिका अनुसार कांग्रेसले संघीय समाजवादी फोरम, राजपा, राप्रपा, नेपाल लोकतान्त्रिक फोरम लगायतका पार्टीहरुसँग संयुक्त बैठक गरी लोकतान्त्रिक गठबन्धन बनाउन आह्वान समेत गरेको छ ।
"लोकतान्त्रिक मोर्चा गठन गर्ने सम्बन्धमा राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम नेपाललगायत दलसँग आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक गर्छौं ," उनले भने ।
एमाले, माओवादी र नयाँ शक्ति पार्टीले चुनावी तालमेल गर्ने भएपछि कांग्रेस पनि अन्य दलहरुसँग गठबन्धन बनाउन प्रयत्नशील भएको हो ।