मुस्ताङको टुकुचेमा जलविद्युत् आयोजना निर्माण
मुस्ताङको थासाङ गाउँपालिका– १ टुकुचेमा १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना निर्माण भएको छ ।
आयोजनाबाट उत्पादित विद्युत् तिहार अघि नै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको छ ।
असोज अन्तिममा केन्द्रीय लाइनमा बिजुली जोड्ने तयारी गरेको आयोजनाका साइट म्यानेजर सुदिप खड्काले जानकारी दिए । उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न टुकुचेदेखि म्याग्दीको दानासम्म प्रशारण लाइन र दुईवटा सव–स्टेशन बनाइएको छ ।
आयोजना रु दुई अर्ब ५६ करोडको लागतमा निर्माण सम्पन्न भएको हो । भौगोलिक विकटता, प्राविधिक पक्ष परिवर्तन हुनु, भूकम्प, नाकाबन्दी लगायतका कारण अनुमान गरेको भन्दा रु १२ करोड लागत बढेको कम्पनीले जनाएको छ । रासस