युथ चेम्बरले ४५ तालिम सञ्चालन गर्ने
नेपाल चेम्बर अफ कमर्समा गठिन युवा उद्यम मञ्च (युथ चेम्बर)ले बिभिन्न विधामा ४५ वटा तालिम सञ्चालन गर्ने भएको छ ।
युथ च्याम्बरले एलबीईएफ विद्यापीठ स्कुल अफ स्किलबाट बिभिन्न क्षेत्रमा कार्यरत व्यवसायी तथा स्नातक उत्तीर्ण विद्यार्थीका लागि क्षमता अभिवृद्धि सम्बन्धी व्यवसायिक तालिमको सुरुवता गरेको छ । ‘दक्षत नेपाल, सक्षम नेपाल’ भन्ने नाराका साथ मनिपाल प्रो लर्नबाट अन्तर्राष्ट्रिय स्तरको तालिम दिने भएको हो । ति तालिमहरु एक महिनादेखि तीन महिनासम्मको रहेको जनाएको छ ।
तालिममा गुगल, पिपुलसर्ट, चार्टड इन्स्टिच्युट अफ मेनेजमेन्ट एकाउन्टेन्स, स्यान्ड बक्स, एक्जिम जस्ता अन्तर्राष्ट्रिय सस्थाको संलग्नता रहने जनाएको छ । एलबीईएफ ग्रुपले गत १८ वर्षदेखि सूचना प्रविधिमा स्नातकसँगै स्नातकोत्तरको अध्ययन गराउदै आएको छ ।