चिकित्सकको आन्दोलन फिर्ता
प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा चिकित्सक र सरकारी टोलीबीच भएको वार्तामा सहमति भएको छ । एकसातादेखि आन्दोलनरत चिकित्सक सरकारसँग चार बुदे सहमति भएपछि आजैदेखि काममा फर्किने भएका छन् ।
१३ असोजमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा सरकारले चिकित्सक तथा अस्पताल विरुद्ध आक्रमण गर्ने र दुव्र्यवहार गर्नेमाथि कारवाही गर्ने गरी कानून संशोधन गर्ने सहमति भएको छ ।
सहमति पछि चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । सहमति पत्रमा स्वास्थ्य सचिव डा. किरण रेग्मी र नेपाल चिकित्सक संघका अध्यक्ष डा.मुक्ति श्रेष्ठले हस्ताक्षर गरेका छन् ।