आइतबारेमा पूर्वाञ्चलस्तरीय क्रिकेट प्रतियोगिता हुने
मोरङको पथरीशनिश्चरे, आइतबारेमा १९ असोजबाट पूर्वाञ्चलस्तरीय सातौं विरेन्द्रनगर कप क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
१० असोजमा आयोजक विरेन्द्रनगर क्रिकेट क्लबले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितामा २० टोली सहभागी हुने जानकारी गराएको छ ।
क्लबका अध्यक्ष राजेश कुईकेलले प्रतियोगिताको विजेता टोलीलाई नगद रु ५१ हजारसँगै ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेता टोलीलाई रु ३१ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र दिइने बताए ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, बलर र फिल्डरलाई समेत पुरस्कृत गरिने आयोजक विरेन्द्रनगर क्रिकेट क्लवले जनाएको छ ।
गोपाल गडतौला, झापा