वीरगञ्ज महानगरमा फोरमले अग्रता बढाउदै
स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत वीरगञ्ज महानगरपालिकामा संघीय समाजवादी फोरम नेपालले अग्रता बढाउदै लगेको छ । ६१ हजार ६४३ मत गणना हुँदा फोरमले ९८४ मतले अग्रता लिएको छ ।
मेयरमा फोरमका विजय सरावगीले १४३१२ मत पाएका छन भने निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अजय द्विवेदीले १३३२८ मत पाएका छन् ।
उपमेयरमा भने नेपाली काँग्रेसकी शान्ति कार्कीको अग्रता बढ्दै गएको छ । उनले १५११३ मत पाएकी छन भने निकटतम प्रतिद्वन्द्वी फोरमकी पिङ्की यादवले १३३६३ मत पाएकी छन् ।
फोरम नेपालः विजय सरावगी १४३१२, पिङ्की यादव १३३६३
नेपाली कांग्रेसः अजय द्विवेदी १३३२८, शान्ति कार्की १५११३
राजपाः राजेशमान सिंह ८९२२, रम्भा मिश्र ७६६०
नेकपा (एमाले): बसरुद्धिन अन्सारी ६७९४, सोफिया आचार्य ७९३६
नेकपा (माओवादी केन्द्र): रहबर अन्सारी ६३२८, दुर्गा क्षेत्री ३९३२
फोरम लोकतान्त्रिकः विमल श्रीवास्तव ५५०५, रिङ्कु देवी ४४८४