४९ हजार मत गणना हुँदा फोरमको ७५ मतको अग्रता
वीरगञ्ज महानगरपालिकामा ४९ हजार ३०९ मत गणना हुँदा समाजवादी फोरम नेपाल ७५ मतले अग्रता लिएको छ ।
८ असोज दिउँसो ४ बजेसम्मको मतपरिणाम अनुसार, फोरम नेपालका विजय सरावगीले १०६६२ मत पाएका छन भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अजय द्विवेदीले १०५८७ मत पाएका छन् ।
त्यस्तै उपमेयरमा कांग्रेसकी शान्ति कार्कीले १२१३० मत पाएकी छन भने नटिकतम प्रतिद्वन्द्वी फोरम नेपालकी पिङ्की यादवले १००७० मत पाएकी छन् ।
फोरम नेपालः विजय सरावगी १०६६२, पिङ्की यादव १००७०
नेपाली काग्रेसः अजय द्विवेदी १०५८७, शान्ति कार्की १२१३०
राजपाः राजेशमान सिंह ७४९३, रम्भा मिश्र ६४९५
नेकपा (एमाले)ः बसरुद्धिन अन्सारी ५५६१, सोफिया आचार्य ६६६४
नेकपा (माओवादी केन्द्र)ः रहबर अन्सारी ५०३६, दुर्गा क्षेत्री ३२७९
फोरम लोकतान्त्रिकः विमल श्रीवास्तव ४३३६, रिङ्कु देवि ३५५८