एक सय स्थानीय तहको मतपरिणाम सार्वजनिक
स्थानीय तह तेस्रो चरणको निर्वाचन अन्तरगत २ असोजमा सम्पन्न प्रदेश-२ का आठ जिल्लाका १३६ तहमध्ये १०० स्थानीय तहको मतपरिणाम आएको छ ।
निर्वाचन आयोगका अनुसार, प्रमुख तथा अध्यक्षमा नेपाली काँग्रेस ३२, संघीय समाजवादी फोरम नेपाल १९, नेकपा (माओवादी केन्द्र) १८, राष्ट्रिय जनता पार्टी नेपाल १५, नेकपा (एमाले) ११, नेपाल लोकतान्त्रिक फोरम तीन, नयाँ शक्ति पार्टी नेपाल एक र नेपाली जनता दलका उम्मेदवार एक स्थानीय तहमा विजयी भएका छन् ।
बाँकी ३६ स्थानीय तहमा मत गणना भइरहेको आयोगले जनाएको छ ।