वीरगञ्ज अपडेटः कांग्रेसलाई पछ्याउँदै फोरम
वीरगञ्ज महानगरपालिकाको जारी मतगणनामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ ।
२३ हजार तीन सय मत गणना हुँदासम्म नेपाली कांग्रेस सबैभन्दा अगाडि छ भने संघीय समाजवादी फोरम दोस्रो स्थानमा छ ।
महानगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, २८, २९, ३०, ३१ र ३२ को मत गणना सम्पन्न भएको छ ।
हालसम्म प्राप्त मत
मेयर पदमा
नेपाली कांग्रेस ५,६९८
संघीय समाजवादी फोरम ५,२८०
राजपा नेपाल ४,३५०
माओवादी केन्द्र २,८४८
नेकपा एमाले २,५३९
फोरम लोकतान्त्रिक १,५९२
उपमेयर पदमा
नेपाली कांग्रेस ६,५३२
संघीय समाजवादी फोरम ५,२४३
राजपा नेपाल ३,७१२
एमाले ३,०४८
माओवादी केन्द्र ३,०४८
फोरम लोकतान्त्रिक १२४८
जियालाल साह