७० स्थानीय तहको परिणाम सार्वजनिक
प्रदेश नं २ मा जारी मतगणनामा अहिलेसम्म ७० स्थानीय तहको परिणाम सार्वजनिक भएको छ ।
७० स्थानीय तहमध्ये नेपाली कांग्रेस २३ स्थानीय तहमा निर्वाचित भएर शीर्ष स्थानमा छ । कांग्रेसले अहिले १४ स्थानीय तहमा अग्रता लिइरहेको छ ।
नेकपा माओवादी केन्द्र १४, संघीय समाजवादी फोरम १२ र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल १० स्थानीय तहमा निर्वाचित भएका छन् । हालसम्म माओवादी केन्द्रको १२ र समाजवादी फोरमको १४ तथा राजपाको १० स्थानीय तहमा अग्रता छ ।
आठ स्थानीय तहमा निर्वाचित भएको नेकपा एमालेले १३ स्थानीय तहमा अग्रता लिएको छ । त्यस्तै दुई स्थानीय तहमा निर्वाचित भएको नेपाल लोकतान्त्रिक फोरम एक स्थानीय तहमा अगाडि छ ।
त्यसैगरी नेपाली जनता दल एक स्थानीय तहमा निर्वाचित भएको छ ।