नेपालद्वारा माल्दिभ्स पराजित
भुटानमा जारी यु–१८ साफ च्याम्पियनसीपमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । थिम्पुमा ६ असोजमा माल्दिभ्सलाई २–० गोलले हराउँदै नेपालले ३ अंक जोडेको हो ।
टीम नेपाल पहिलो खेलमा भने भुटानसँग पराजित भएको थियो । अब नेपालले ९ असोजमा बंगलादेश र ११ असोजमा भारतसँग खेल्ने छ ।