नेपाल र भारतले अंक बाँडे
एएफसी यु–१६ छनौटअन्तर्गत नेपाल र भारतबीचको खेल २–२ गोलको बराबरीमा सकिएको छ । काठमाडौंस्थित हलचोक मैदानमा ६ असोजमा नेपालले पाहुना टोलीसँग अंक बाँडेको हो ।
यु–१६ टीम नेपालले ७६ औं मिनेटमा ब्रिजेश चौधरीको गोलले अग्रता लिएको थियो । तर भारत पाँच मिनेटमै खेलमा फर्कियो । भारतले ८१ र ८५ औं मिनेटमा गोल गर्यो । एक गोलले पछि परेको अवस्थामा ब्रिजेश चौधरीले ८८ औं मिनेटमा बराबरी गोल गरेका थिए ।
४ असोजमा इराकसँग पराजित टीम नेपालले अर्को खेल प्यालेस्टाइनसँग खेल्नेछ ।