धनगढीमाई नगरपालिकामा माओवादी केन्द्र निर्वाचित
सिराहाको धनगढीमाई नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।
मेयरमा माओवादी केन्द्रका हरिनारायण चौधरी पाँच हजार ६८३ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पञ्चलाल महतोले चार हजार ३०७ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयरमा पनि माओवादी केन्द्रकै फूलकुमारी श्रेष्ठ पाँच हजार ६१३ मतसहित निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकै बिमलादेवी साह सोनारले चार हजार १०२ मत पाएकी छन् ।