निजगढ नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले
बाराको निजगढ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सुरेशकुमार खड्का र उपमेयरमा एमालेकी लीलादेवी लामिछाने निर्वाचित भएका छन् ।
नवनिर्वाचित मेयर सुरेश कुमार खनालले ७ हजार ६४८ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका यमबहादुर खड्काले ६ हजार ८१८ मत प्राप्त गरे ।
उपमेयरमा नेकपा एमालेकी लिलादेवी लामिछानेले निर्वाचित भइन् ।
निजगढमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन थियो ।
नगरपालिकाका १३ वटा वडामध्ये ८ वटामा एमालेले कब्जा जमाएको छ भने बाँकी ५ वडा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । वडाध्यक्षमा माओवादी केन्द्रका कुनै उम्मेदवार निर्वाचित हुन सकेनन् ।
श्याम गुप्ता, बारा