वीरगञ्ज महानगरमा कांग्रेस ३४१६, राजपा ३२०६
वीरगञ्ज महानगरपालिकामा अग्रता कायम राखेके नेपाली कांग्रेसले मतान्तर बढाउँदै गएको छ ।
ताजा मत परिणाम अनुसार मेयरका लागि नेपाली कांग्रेसका उम्मेदवार अजय द्विवेदीले ३,४१३ मत प्राप्त गरेका छन् भने राजपा नेपालका राजमान सिंहले ३,२०६ मत प्राप्त गरेका छन् ।
संघीय समाजवादी फोरम नेपालका विजय सरावगी २,८४४ मत प्राप्त तेस्रो स्थानमा छन् ।
यसैगरी माओवादी केन्द्रका रहबर अन्सारीले २,१२६ नेकपा एमालेका वसरुद्दिन अन्सारी १,७४७ र फोरम लोकतान्त्रिकका विमल श्रीवस्तवले १,१६२ मत प्राप्त गरेका छन् ।
जियालाल साह, वीरगञ्ज