पर्साको पटेर्वा–सुगौलीको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस
पर्साको पटेर्वा–सुगौली गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
पटेर्वा–सुगौली गाउँपालिकाको अध्यक्षमा एमालेका हरिनारायण चौधरी ८२ मत अन्तरले अध्यक्षमा निर्वाचित भएका हुन् । उनले २,९५७ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिनेश चौधरीले २,८७५ मत प्राप्त गरे ।
उपाध्यक्षमा कांग्रेसकी ममता चौधरी ५३६ मतअन्तरले निर्वाचित भइन् । उनले ३,२५७ मत प्राप्त गरिन् भने निकटतम् प्रतिद्वन्दी एमालेकी सन्जु चौधरीले २,७८९ मत प्राप्त गरेकी छन् ।
५ वटा वडा रहेको गाउँपालिकामा एमाले र कांग्रेसले २÷२ वडा जितेका छन् भने नेपाल लोकतान्त्रिक फोरमले एउटा वडामा जितेको छ ।
सुरेश बिडारी, वीरगञ्ज