१७ स्थानीय तहको परिणाम सार्वजनिक, कांग्रेस अगाडि
प्रदेश नं २ मा जारी मतगणनामा अहिलेसम्म १७ स्थानीय तहको परिणाम सार्वजनिक भएको छ ।
१७ स्थानीय तहमध्ये नेपाली कांग्रेस ५ स्थानीय तहमा निर्वाचित भएको छ भने ३० स्थानीय तहमा अग्रता लिएको छ ।
त्यस्तै हालसम्म दोस्रो स्थानमा रहेको नेकपा एमाले ४ स्थानीय तहमा निर्वाचित भएको छ । एमालेले १७ स्थानमा अग्रता लिइरहेको छ ।
दुई स्थानीय तह जितेको माओवादी केन्द्रले २० स्थानमा अग्रता कायम गरेको छ ।
संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) पनि दुई/दुई स्थानीय तहमा निर्वाचित भएका छन् ।
समाजवादी फोरमले १६ स्थानमा अग्रता लिएको छ भने लोकतान्त्रिक फोरमले एक स्थानमा अग्रता लिएको छ । त्यस्तै राजपाले १७ स्थानीय तहमा अग्रता लिइरहेको छ ।