वीरगञ्ज महानगरपालिकामा मतगणना शुरु
मतगणना कसरी गर्ने भन्ने विवादले गर्दा वीरगञ्ज महानगरपालिकाको मतगणना ढिलो गरी शुरु भएको छ ।
कतिजना प्रतिनिधि बस्ने र कति वटा वडाको मतगणना एकै पटक शुरु गर्ने भन्ने विषयमा निर्वाचन आयोग र दलहरुबीच विवाद भएको थियो ।
पटक पटक सर्दै गएको गणना कार्यक्रम दिउँसो २ः३० बजेबाट शुरु भएको हो ।
अहिले वडा नम्बर एकको मतगणना भइरहेको छ । निर्वाचन अधिकृतका अनुसार एक नम्बरको मतगणना भइसकेपछि थप दुई वडाको मतगणना एकै पटक शुरु गरिने छ ।
गणना स्थलमा कर्मचारी अभावका कारण पनि मतगणना सम्पन्न हुन निकै समय लाग्ने देखिएको छ । हाल मतगणना स्थलमा ९ जना मात्रै कर्मचारी छन् ।
त्यसैगरी गणनास्थलमा सीसी क्यामरा पनि जडान गरिएको छ ।
जियालाल साह