पर्साको पटेर्वा सुगौली-१ मा एमालेका उम्मेदवार निर्वाचित
पर्साको पटेर्वा सुगौली गाउँपालिकाको वडा नं १ (सोनवर्षा)मा एमालेको प्यानल नै बिजयी भएको छ ।
एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार फरमान अन्सारी निर्वाचित ४७६ प्राप्त गरी निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।उनका निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका सुलमान मियाँ दर्जीले ३१५ मत ल्याए ।
गाउँपालिका अध्यक्ष पदमा पनि एमालेको अग्रता कायम छ । एमालेका हरिनारायण चौधरी ४९० र काँग्रेस दिनेश चौधरी ३०५ मत ल्याएका छन् । उपाध्यक्षमा पनि एमालैकै अग्रता छ ।
त्यस्तै पर्साकै विन्दवासिनी गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा एमालेकै सागर अन्सारी निर्वाचित भएका छन् ।
जियालाल साह, वीरगञ्ज