निगमका कार्यकारी निर्देशक खड्का हटाइए
नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई सरकारले हटाएको छ ।
२ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले आयल निगमका लागि जग्गा खरिद गर्दा घोटला गरेको आरोप लागेका खड्कालाई हटाउने निर्णय गरेको हो ।
सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतका अनुसार, निगमका लागि जग्गा खरिद गर्दा घोटला गरेको आरोप लागेपछि मन्त्रिपरिषद वैठकले खड्कालाई हटाउने निर्णय गरेको हो ।