मतदान केन्द्रमा बिहानैदेखि मतदाताको घुइचो
स्थानीय तह तेस्रो चरणको निर्वाचन अन्तरगत प्रदेश-२ मा शान्तिपूर्ण रुपमा मतदात शुरु भएको छ । पर्सा जिल्लामा बिहानैदेख मतदान केन्द्रमा मतदाताको घुइचो लागेको छ ।
यहाँका १४ वटा स्थानीय तहको ३४४ स्थानमा मतदान शुरु भएको निर्वाचन कार्यालयले जनाएको छ । पर्सामा २ लाख ८० हजार २१२ मतदाता रहेका छन् ।
यहाँका मतदान केन्द्रमध्ये ७३ अतिसंवेदनशिल, ७९ संवेदनशिल र १५ समान्य सूचिमा राखेर सुरक्षा व्यवस्था गरिएको छ ।
-जियालाल साह, पर्सा