अर्थ/बजारआइतवार, आश्विन १, २०७४

‘द ब्रिटिश कलेज’को तेस्रोे दीक्षान्त समारोह

हिमालखबर

बेलायतका दुई विश्वविद्यालयको सम्बन्धनमा काठमाडौंमा सञ्चालन भइरहेको ‘द ब्रिटिश कलेज’को दिक्षान्त समारोह सम्पन्न भएको छ ।

काठमाडौंको सोल्टी क्राउन प्लाजामा एक समारोहको आयोजना गरी कलेजले २०१ विद्यार्थीलाई दिक्षित गरेको हो ।

दीक्षान्त समारोहमा द युनिभर्सिटी अफ दी वेस्ट अफ इङ्ग्ल्याण्डको पाठ्यक्रममा बिबिएका ६९ जना र एमएसी इन्टरनेशनल बिजनेश म्यानेजमेन्टका २८ र्जी विद्यार्थी ग्राज्युएट्स भएका छन । त्यसैगरि लिड्स बेक्केट युनिभर्सिटी अन्तर्गत बिएसी (हन्स) कम्युटिङका १०४ जना विद्यार्थीहरु दीक्षित भएको कलेजले जनाएको छ ।

बेलायतको युनिभर्सिटी दी वेस्ट अफ इङ्ग्ल्याण्ड र लिड्स वेकेट युनिभर्सिटीको सम्बन्धमा सन् २०११ देखि ब्रिटिश कलेज काठमाडौंमा सञ्चालन भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस