नेपाल एसिया कपको फाइनलमा प्रवेश
यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा मलेसियालाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।
३१ भदौमा मलेसियामा भएको खेलमा घरेलु टोलीलाई नेपालले १० विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले ४२ ओभरमा सबै विकेट गुमाउदै १२१ रन बनाएको थियो ।
मलेसियाका लागि मिलन डि सिल्भाले ३९ र बिरन्दीप जगजित सिंहले २५ रन बनाएका थिए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५, पवन सर्राफले २, रोहितकुमार पौडेल, सहाव आलम र सन्दीप लामिछानेले १/१ विकेट लिए ।
प्रतिउत्तरमा नेपालले २३.१ ओभरमा विना नोक्सानीमा १२५ रन बनाएको हो । नेपालका लागि सन्दीप सुनारले ५१ र मोह्मद आषिफ सेखले ५० रन बनाए ।
चारै खेलमा जित हासिल गर्दै नेपालमा समूह ए को शिर्षस्थानमा रहेको छ । नेपालले फाइनल खेल १ असोजमा समूह बी को विजेतासँग खेल्नेछ ।