थबाङ अध्यक्ष घर्ती अपहरणको अरोपमा नेकपाका नेता पक्राउ
रोल्पाको थबाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीको अपहरणको आरोपमा प्रहरीले नेकपा (नेत्रविक्रम चन्द नेतृत्वको) का केन्द्रीय सदस्य केशवबहादुर बाँठालाई पक्राउ गरेको छ ।
पार्टीमा सुवास उपनामले चिनिने उनलाई प्रहरीले दुईखोली गाउँपालिकाको कुरेलीबाट पक्राउ गरेको हो ।
उवा घर भएका गाउँपालिका अध्यक्ष घर्ती ससुरालीबाट कार्यालय जाँदै गर्दा शुक्रबार नेकपाले थबाङ गाउँबाटै अपहरण गरेको थियो ।
उनको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बाँठा यसअघि पनि निर्वाचन विरोधि गतिविधि गरेको आरोपमा पक्राउ परिसकेका व्यक्ति हुन् ।
'छफछलका लागि राखेको'
यसैबीच थबाङ गाउँपालिका अध्यक्ष घर्तीलाई आफूहरुले राखेको नेकपा रोल्पाका एक नेताले बताएका छन् ।
ती नेताका अनुसार घर्तीले गाउँसभा हुनुभन्दा पहिले, नेकपासँग संग सल्लाह नगरेका कारण छलफलका लागि उनलाई नियन्त्रणमा राखिएको हो । यद्यपि उनले यो अपहरण नभई छलफलका लागि राखिएको बताए ।
जीवन डाँगी,रोल्पा