कपिलवस्तुः मालपोत कार्यालय प्रमुखमाथि आक्रमण
जिल्ला मालपोत कार्यालय, कपिलवस्तुका प्रमुख ईश्वरीप्रसाद शर्मामाथि अपरिचित व्यक्तिहरुले आक्रमण गरेका छन् ।
कार्यालय समयपछि मोटरसाइकलमा घर फर्किरहेका शर्मालाई तौलिहवा जितपुर सडक खण्डको पचेहरा र मर्थीको बीचमा अपिरिचत दुई व्यक्तिले आक्रमण गरी घाइते बनाएका हुन् ।
मोटरसाईकल चलाइरहेकै अवस्थामा शर्मामाथि लाठी प्रहार भएपछि उनी लडेका थिए । त्यसपछि उनीमाथि थप कुटपिट समेत भएको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक प्रह्लाद अधिकारीका अनुसार घटनामा संलग्नको खोजी भईरहेको छ भने शर्माको अवस्था सामान्य छ ।
आक्रमणको निन्दा गर्दै निजामति कर्मचारीहरुको आधिकारिक ट्ेड यूनियन जिल्ला कार्य समितिले घटनाको निन्दा गर्दै दोषिमाथि कार्वाहीको माग गरेको छ ।
गोपाल भण्डारी, कपिलवस्तु