ले ली वाइनमा नगद छुट अफर
लाइक नेचुरल ले ली वाइन उद्योगले ले ली वाइनमा नगद छुटको अफर ल्याएको छ ।
चाडपर्वको अवसर पारेर ले ली वाइनले प्रत्येक ब्राण्डमा नगद छुट अफर ल्याएको हो ।
४५० रुपैयाँ पर्ने ले ली वाइनको बोतलमा रु. ३५ छुट दिइने कम्पनीले जनाएको छ ।
कम्पनी टोलटोलमा छुट कुपन बाँड्दै हिडेको छ । कम्पनीका आधिकारिक व्यक्तिहरुले बाँडेको सोही कुपनका आधारमा ग्राहकले छुट पाउने ले ली वाइनले जनाएको छ ।
स्विट रेड, स्विट ह्वाइट र स्विट लेडिज स्पेशल गरी ले लीका तीन ब्राण्ड रहेका छन् ।
शत प्रतिशत अग्र्यानिक फलफूलबाट वाइन तयार पारिएको कम्पनीले जानकारी दिएको छ ।