नेपालद्वारा भुटान नौ विकेटले पराजित
मलेसियामा जारी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पूर्वी क्षेत्र अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको छ ।
थिम्पुमा २८ भदौमा भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले एक विकेटको क्षतिमा ८ ओभर ३ बलमा पूरा गरेको हो । टीम नेपालका लागि आशिफ शेखले २३, सन्दिप सुनारले २१, अनिल कुमार शाहले अविजित ४ रन जोडेका थिए ।
यस्तै, टीम नेपालका लगिका दिपेन्द्र सिंह ऐरीले पाँच, सन्दिप लामिछानेले चार साथै नन्दन यादवले एक विकेट लिएका छन् ।
२६ भदौमा नेपालले थाइल्याण्डलाई २५५ रनले पराजित गरेको थियो । नेपालले २९ भदौमा सिंगापुरसँग खेल्दैछ ।