सामाजिक सुरक्षा भत्ता स्थानीय तहबाटै
सरकारले चालू आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ताको रकम स्थानीय तहबाट वितरण गर्ने तयारी गरेको छ ।
यसअघि जिल्ला विकास समितिमार्फत पठाइने भएपनि अब सिधै स्थानीय तहमा पठाइने केन्द्रीय पञ्जीकरण विभागका महानिर्देशक अनिलकुमार ठाकुरले जानकारी दिए ।
विभागले स्थानीय तहबाट सुरक्षा भत्ता पाउनेको विवरण प्राप्त हुनसाथ रकम पठाउने तयारी गरेको छ ।
यस आवमा सामाजिक सुरक्षा भत्ताका लागि करिब रु. ३६ अर्ब विनियोजन गरिएको छ ।
सरकारले ज्येष्ठ नागरिक, एकल महिला, अशक्त तथा लोपोन्मुख र अति गरिबीको सुचांकमा परेका बालबालिकालाई पनि सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । रासस