नवनिर्वाचित प्रधानमन्त्रीले भोलि ३ बजे शपथ लिने
नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि २० साउन अपराह्न ३ बजे शपथ ग्रहण गर्ने भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री दाहाललाई भोलि ३ बजे पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालय शीतलनिवासले जनाएको छ ।
प्रधानमन्त्रीका लागि आज व्यवस्थापिका संसदमा भएको निर्वाचनमा दाहाल ३६३ मत प्राप्त गरी प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।