तीन मन्त्रीले लिए सपथ
राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा २६ भदौमा आयोजित विशेष समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट नवनियुक्त विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहरा, वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डे र उद्योग मन्त्री सुनीलबहादुर थापाले पद तथा गोपनीयताको शपथ लिएका हुन ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँचौँपटक मन्त्रिमण्डल विस्तार भएको हो ।