प्रगतिशील पुस्तकका विषयमा चर्चा
मदन पुरस्कार पुस्तकालयले सञ्चालन गरेको पुस्तकमाथि बहस चलाउने शृङ्खला ‘पुस्तकका कुरा’को शुरुआत गरिएको छ ।
२१ भदौमा यलमाया केन्द्रमा आयोजित ‘पुस्तकका कुरा’ शृङ्खलाको पहिलो कार्यक्रममा लेखक, अनुवादक तथा प्रकाशक बसन्त थापाले बोलेका छन् । उनले प्रगतिशील पुस्तक, उत्पादन, अनुवाद तथा उपभोक्ता परम्परा विषयमा बोलका छन् । कुनै बेला लालकिल्ला भनिने धरानलाई केन्द्रमा राखेर प्रगतिशील पुस्तक र त्यससँग सम्बन्धित विषयमा थापाले चर्चा गरेका थिए ।
पुस्तक र यससँग सम्बन्धित विषयमा बहस गर्न ‘पुस्तकका कुरा’ शृङ्खला शुरु गरिएको मदन पुरस्कार पुस्तकालयका सदस्य सचिव दीपक अर्यालले बताए । यो शृङ्खला मासिक रुपमा सञ्चालन गरिने छ ।
'पुस्तकका कुरा' शृङ्खलाको अर्को कार्यक्रममा इतिकासविद् दिनेशराज पन्तले बोल्ने कार्यक्रम रहेको जनाएको छ ।