श्री एयरलायन्सको थप उडान शुरु
२७ साउनदेखि काठमाडौँ–धनगढी हवाई उडान शुरु गरेको श्री एयरलायन्सले १९ भदौदेखि एक उडान थपेको छ ।
श्री एयरलायन्सको थप उडानपछि काठमाडौँ–धनगढीका लागि दैनिक ६ उडान भएका छन् । थपिएकोे पहिलो उडान काठमाडौँबाट बिहान ९ः५५ उडेर १०ः५० मा पुगेको थियो भने दोस्रो उडान दिउँसो २ः०० बजे हुने धनगढी विमान स्थलका प्रमुख छविसिंह ठकुल्लाले बताए । उनले श्री एयरलायन्सले दशैँका बेला यात्रुको सुबिधाका लागि पनि दैनिक दुई उडान गर्न थालेको बताए ।
यसअघि धनगढी विमानस्थलबाट नेपाल एयरलायन्सले एक, बुद्ध एयरलायन्सले दुई, सौर्य एयरलायन्सले एक र श्री एयरले एक गरी जम्मा दैनिक पाँच वटा उडान हुदै आएका थिए । रासस