१५ किलो अवैध सुनसहित सात जना पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १५ किलो अवैध सुनसहित सात जनालाई पक्राउ गरेको छ ।
सीआईबीले काठमाडौंबाट १४ किलो र धनुषाबाट १ किलो सुन सहित तस्करीमा संलग्न सात जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पेम्बा दोर्जे शेर्पा, दीपेन्द्र थापा, सरोज थापा, बिष्णु गौतम राजेन्द्र खत्री, रबीन खत्री र दीपककुमार साह रहेका छन् ।
उनीहरुको साथबाट एक/एक थान गाडी र मोटरसाइकल समेत वरामद गरेको प्रहरीले जनाएको छ ।