नवराज पराजुलीलाई पद्मश्री पुरस्कार
२०७३ को पद्मश्री पुरस्कार कवि नवराज पराजुलीको कविता संग्रह ‘सगरमाथाको गहिराइ’लाई प्रदान गरिने भएको छ ।
१५ भदौमा हेमलाल हरितकला लामिछाने समाज कल्याण प्रतिष्ठानले सगरमाथाको गहिराइलाई पुरस्कार दिने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जनाएका छन् । युवा कवि पराजुलीको यो पहिलो कविताकृति हो ।
पुरस्कारका लागि पराजुलीको ‘सगरमाथाको गहिराइ’सँगै जनक सापकोटाको कहर, कुमार नगरकोटीको घाटमांडु, राज सरगमको छाउघर र नवीन विभाषको रोल्पा सुइना अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका थिए ।
त्यस्तै २०७३ को पद्मश्री साधना सम्मान रोचक घिमिरे र नगेन्द्रराज शर्मालाई प्रदान गरिने भएको छ । यस अघि यो सम्मान राष्ट्रकवि माधवप्रसाद घिमिरे, आख्यानकार मदनमणि दीक्षित, संस्कृतविद् सत्यमोहन जोशी, आख्यानकार धु्रवचन्द्र गौतम, कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कवि वैरागी काइलाले पाएका थिए ।
दुवै पुरस्कारको राशी रु.दुई लाख रहेको छ भने कोजाग्रत पूर्णिमाका दिन प्रदान गरिने जनाएको छ ।