एमाले नेता सिंहको उपचारक्रममा निधन
नेकपा (एमाले) का पूर्व केन्द्रीय सल्लाहकार तथा पूर्वसांसद वीरबहादुर सिंहको ७७ बर्षको उमेरमा १ भदौमा काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा निधन भएको छ ।
मिर्गौलामा समस्या देखिएपछि उनलाई दुई हप्ताअघि उक्त अस्पतालमा भर्ना गरिएको थियो ।
१ मंसिर, १९९७ मा प्यूठानको लुङमा जन्मेका नेता सिंह २०१५ सालदेखि नेपाल कम्युनिष्ट पार्टीको संगठित सदस्य रहेका थिए । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसँग भारतको बनारसमा लामो सयमसम्म सँगै बसेका नेता सिंह विभिन्न प्रजातन्त्रिक आन्दोलनमा सहभागि भएका थिए ।
उनका तीन छोरा र दुई छोरी छन् । नेता सिंहका छोरा अजय सिंहका अनुसार उनको शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि १२ भदौ अपराह्न २ बजे एमाले केन्द्रीय कार्यालय, धुम्रबाराहीमा राखिनेछ र अपरान्ह ४ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।